मंसिरमा महाधिवेशन गर्ने गरि कांग्रेसद्वारा तरुण दलकाे समय थप
काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरूण दलको महाधिवेशन २०८२ मंसिर २६–२८ मा अनिवार्य गर्नेगरी केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको छ ।
बुधबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप मंसिरमा अनिवार्य महाधिवेशन सम्पन्न गर्ने गरि समय थप गरेको हो । तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय कांग्रेसले गरेको महामन्त्री गगन थापाले बताए ।
तरुण दलको महाधिवेशन तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय भएको छ ।
महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया