विद्यार्थीको भविष्य निर्माण गरेर परिवार पाल्नुपर्ने कुरा शिक्षकहरूलाई सहज छैन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूका जायज मागलाई सरकारले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंमा नेपाल शिक्षक संघले आयोजना गरेको कार्यक्रममा देउवाले आन्दोलनपछि शिक्षकहरूसँग सरकारले गरेका सहमति कार्यान्वयन हुने बताए ।
उनले शिक्षकहरूको सेवा सुविधाका सन्दर्भमा मुलुकको आर्थिक अवस्थालाई हेरेर सम्बोधन गर्नुपर्ने बताए ।
सभापति देउवाले शिक्षक, प्राध्यापकका जायज मागहरूलाई पूरा गराउनका लागि आफूले पनि सक्दो पहल गर्ने बताएका छन् ।
विद्यार्थीको भविष्य निर्माण गरेर आफ्नो परिवार समेत पाल्नुपर्ने कुरा शिक्षकहरूलाई सहज नरहेको सभापति देउवाले बताएका छन् ।
सभापति देउवाले अहिले नेविसंघमा आबद्ध हुने विद्यार्थीको संख्या कम भएको बताएका छन् । उनले नेविसंघको संगठन निर्माणमा ध्यान दिन पनि सुझाव दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया