राष्ट्रपति पौडेलद्वारा हाजीयात्रीहरूलाई शुभकामनासहित विदाइ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मक्का मदिना जान लागेका नेपाली हजयात्रीहरूलाई शुभकामनासहित विदाइ गरेका छन् ।
शुक्रबार शीतल निवासमा राष्ट्रपति पौडेलले नेपाली हाजीयात्रीहरूलाई विदाइ गरेको नेपाली कांग्रेसका नेता डा.अबुल हुसैन अन्सारीले बताए । उनले भने, ‘राष्ट्रपतिज्यूले मक्का मदिनामा हजका लागि जान लागेका नेपाली हाजीयात्रीहरूलाई शुभकामनासहित विदाइ गर्नुभएको छ ।’
हज समितिका अनुसार यो पटक १ हजार १ सय ७१ जना नेपाली हजयात्री मक्का मदिना जान लागेका छन् ।
हाजीयात्रीहरूमा ५२५ जना महिला र ६४६ जना पुरुष रहेका छन् । हजयात्रीहरूमध्ये करिव २ सय जना ज्येष्ठ नागरिक रहेका छन् ।

Published : Friday, 2025 May 16, 2:13 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया