राजावादीहरूले व्यक्तिको घरमा आगो लगाइदिए, सामान बाहिर निकालेर जलाए
काठमाडौं । अराजक, हिंस्रक र उत्तेजित बनेका राजावादीहरूले व्यक्तिको निजी घरमा तोडफोड गर्नुका साथै आगो लगाएर क्षति पु¥याएका छन् ।
शुक्रबार तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादीहरूले शुरुमा निजी घरहरूमा तोडफोड गरेका छन् । त्यसपछि उनीहरूले घरभित्र प्रवेश गरेर आगो लगाउनुका साथै सामानहरू बाहिर निकालेर जलाएका छन् । राजावादीहरूले तीनवटा घरमा तोडफोड र आगजनी गरेका छन् ।
राजावादीहरूले आगो लगाएपछि घरमा रहेका मानिसहरूलाई सुरक्षाकर्मीले सुरक्षित रुपमा बाहिर निकालेर उद्धार गरेको छ ।
घरमा जलाएर नपुगेपछि राजावादीहरूले ढुङ्गा समेत प्रहार गरेका छन् । अराजक, उत्तेजक र हिंस्रक राजावादीहरूको आन्दोलन नियन्त्रण बाहिर जान खोजेको छ ।
Published : Friday, 2025 March 28, 2:53 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया