विद्युत प्राधिकरणले श्वेतपत्र जारी गर्ने, कुलमानको काण्डहरू बाहिर आउने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्ने भएका छन् ।
बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकमा श्वेतपत्र जारी गर्ने सम्बन्धी प्रस्ताव कार्यकारी निर्देशक शाक्यले राखेका थिए । शाक्यको सो प्रस्तावलाई समितिले सर्वसम्मत पारित गरेको छ ।
प्राधिकरणको वर्तमान वित्तीय तथा अन्य अवस्थाबारे जानकारी लिन श्वेतपत्र जारी गर्ने निर्णय भएको शाक्यले बताएका छन् । श्वेतपत्र जारी भयो भने निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको अनुहार उदाङ्गो हुनेछ । कुलमानका काण्डहरू बाहिर आउनेछन् ।
नेपाल विद्युत् प्राधिकरणको वित्तीय अवस्था, नाफा तथा नोक्सान, खर्च, एवम् बक्यौतालगायत विषय विवादमा छ । प्राधिकरणले नाफा आर्जन गरिरहेको बताए पनि सरकारलाई आयकर तिरेको छैन ।
डेडिकेटेड तथा ट्रंकलाइन मात्रै होइन, स्थानीय तहहरूसमेतको बक्यौताको विवादमा प्राधिकरण छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया