सिन्धुपाल्चोकमा एमालेका स्थानीय लोकप्रिय दुई नेताहरू कांग्रेसमा प्रवेश
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमालेका दुईजना स्थानीय नेतालाई पार्टी प्रवेश गराएका छन् ।
बुधबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७ का एमालेका नेता पूर्णबहादुर देउजा र सपना खत्री कांग्रेसमा प्रवेश गरेका हुन् । नेता बस्नेतले देउजा र खत्रीलाई कांग्रेसको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका हुन् ।
एमाले परित्याग गर्दै कांग्रेसमा प्रवेश गर्नेहरूलाई क्षमता र योग्यताका आधारमा जिम्मेवारी प्रदान गरिने नेता बस्नेतले बताएका छन् । नवप्रवेशी देउवा र खत्रीले कांग्रेसको संगठन निर्माणमा भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाएको कांग्रेस नेता एवम् पूर्वमन्त्री बस्नेतका स्वकीय सचिव रामेश्वर आचार्यले बताएका छन् ।
Published : Wednesday, 2025 March 26, 10:34 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया