महत्वपूर्ण कार्यसम्पादन सम्पन्न, छोटो समयका लागि सभामुख आईपियूमा भाग लिन जाने

काठमाडौं । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आइपियू)को १५०औँ महासभामा सहभागी हुन विदेश भ्रमणमा जान लागेका छन् ।

प्रतिनिधि सभाको बैठकमा अत्यावश्यक कामहरू सम्पन्न गरेर घिमिरे सांसदहरूको ९ सदस्यीय टोली लिएर उज्वेकिस्तान जान लागेका हुन् । अध्यादेश लगायत आवश्यक कार्यहरू सम्पन्न गरेर सभामुख घिमिरे छोटो समयका लागि आईपियूको महासभामा भाग लिन जान लागेका छन् ।

सभामुख घिमिरे आइपियूको महासभामा सहभागी हुन जाने भएपछि चैत २२ देखि २८ गतेसम्म संसद् बन्द हुनेछ । ५ देखि ९ अप्रिलसम्म महासभा हुनेछ ।

आइपियू जाने प्रतिनिधिमण्डलमा नेपाली कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमालेकी राष्ट्रिय सभा सदस्य डा.अन्जान शाक्य, माओवादी केन्द्रका सांसद सूर्यमान दोङ, रास्वपाकी सांसद सोविता गौतम, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई छन् ।

Published : Sunday, 2025 March 23, 10:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया