मन्त्री लाचार र निरिह, प्रदीपले गरे सांसद र प्रदेश पदाधिकारीलाई भीआईपी प्रवेशमा रोक
काठमाडौं । नेपाल नागरिक उड्डयान प्राधिकरण नेपालगञ्ज नागरिक उड्डयान कार्यालय, राँझा, बाँकेले आफ्नो कार्यालय परिसरमा २०७२ सालको संविधानले व्यवस्था गरेअनुसारको पदाधिकारी नचिन्ने सूचना पत्र जारी गरेको छ ।
सूचना पत्रले राष्ट्रियसभाको अध्यक्ष चिन्दैन, संघीस संसद प्रतिनिधिसभा र राट्रियसभाका सदस्य चिन्दैन । प्रदेश सरकारका कुनै पनि पदाधिकारी चिन्दैन । यो संस्कृति, पर्यटन नागरिक उड्डयान मन्त्रालयको गम्भीर लापरवाही हो ।
महानिर्देशक अधिकारीको यो नयाँ सूचना पत्रले अब नेपालगञ्जको भीआईपी कक्षमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदका साथै प्रदेशका पदाधिकारीलाई प्रवेश गर्न पाउने छैनन् ।
पूर्वमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता महेश्वर गहतराजले भनेका छन्, ‘हाम्रो संविधानले व्यवस्था गरेअनुसार व्यवस्थाको प्रवन्ध नगरी पुरानै चलनमा ल्याउने यो गैर जिम्मेवार र लापरवाहीपूर्ण कार्य हो ।’
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूलाई सर्वेसर्वा ठान्दै आएका छन् । ११ तहका महानिर्देशक अधिकारीले यस्तै लापरबाहीले गर्दा नेपालको नागरिक उड्डयन क्षेत्र तहस नहस बनाइरहेका बेला सांसदहरूलाई समेत भीआईपी कक्षमा प्रवेश निषेध गरिदिएका छन् ।
राष्ट्रियसभाको अध्यक्ष, संघीस संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा प्रदेश सरकारका कुनै पनि पदाधिकारी नचिन्ने प्राधिकरणका महानिर्देशक अधिकारीले किन गम्भीर लापरबाही गरेका हुन् प्रश्न उठेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे छन् । मन्त्री पाण्डे महानिर्देशक अधिकारीसँग निरिह बनेका कारण योसम्मको ठूलो लापरबाही भएको छ ।
मन्त्री पाण्डेले महानिर्देशक अधिकारीसँग यो विषयमा स्पष्टीकरण सोध्न सक्नुपर्छ । हिम्मत छभने महानिर्देशक अधिकारीलाई कारबाही गर्नुपर्छ । तर, मन्त्री पाण्डेले त्यो हिम्मत गर्न सक्ने छैनन् । ठूला ठूला हवाई दुर्घटना र गम्भीर लापरबाहीका घटना हुँदासम्म महानिर्देशक अधिकारीलाई एक शब्द स्पष्टीकरण र कारबाही भएको छैन ।
आफूभन्दा सिनियर १२ तहका ६ जनालाई उछिनेर अधिकारीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेसबहादुर आलेलाई प्रभावमा पारेर महानिर्देशक पद हत्याएका थिए । ११ तहबाट फड्को मारेर महानिर्देशक बनेका अधिकारी १२ तहमा बढुवा हुन अहिले आएर निकै चलखेल गरिरहेका छन् । प्राधिकरणमा उनीभन्दा धेरै कर्मचारीहरू सिनियर छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया