नेविसंघभित्रको बाधा अड्चन फुकाउन सभापति देउवाले दिए निर्देशन समितिलाई अधिकार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवारलाई विजयी बनाउन मेहनतपूर्वक लाग्न निर्देशन दिएका छन् ।
सोमबार नेविसंघलाई पत्र लेखेर सभापति देउवाले उम्मेदवार चयनमा समस्या वा विवाद भएमानेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिसँग समन्वय गर्न निर्देशन दिएका छन् ।
देउवाले भनेका छन्, ‘उम्मेदवार चयन गर्ने अभिभारा पनि नेपाल विद्यार्थी संघकै रहेको हामीलाई स्मरण छदैछ । यसका वावजुद पनि उम्मेदवार चयनका सन्दर्भमा संघभित्र कतिपय समस्याहरू उब्जिएको खण्डमा या उम्मेदवार चयन हुनलाई कतिपय ठाउँहरूमा अन्तिम निर्णय हुन नसकेको अवस्थामा बाधा अड्काउ फुकाउने गरी आवश्यक सहजीकरण गर्न गराउनका लागि पार्टीद्वारा गठित नेपाल विद्यार्थी संघ महधिवेशन निर्देशन समितिलाई नै सो अधिकार पार्टीका तर्फबाट प्रत्यायोजन गरिएको व्यहोरा जानकारी गराउँछु ।’
आवश्यक समन्वयका साथ स्ववियु निर्वाचनलाई सहज ढंगले अघि बढाउन र विजयी हासि गर्न पार्टीको तर्फबाट सहयोग रहने सभापति देउवाले बताएका छन् ।
पत्रको बोधार्थ सभापति देउवाले सह–महामन्त्री समेत रहेका निर्देशन समितिका संयोजक किशोरसिंह राठौरलाई दिएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया