पूर्वराजाको समर्थनमा भएको प्रदर्शनबारे सभापति देउवाको के छ टिप्पणी ?
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताएका छन् ।
सोमबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले पूर्वराजा र राजसंस्थाका बारेमा आफूले कुनै महोल नदेखेको बताए ।
उनले भने, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।’
आइताबर पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले काठमाडौंमा प्रदर्शन गरेका थिए । सो प्रदर्शनका विषयमा सभापति देउवाले संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन् ।
सोमबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने बताए । उनले सरकारका विषयमा धेरै आशंका गर्नुपर्ने कुरा नरहेको बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया