सभापति देउवा कार्यक्रम छाेट्याएर काठमाडौं प्रस्थान, अन्य नेताहरू पनि फर्किए
भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा क्षेत्रीय सभापतिहरूको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका छन् ।
मंगलबार बिहान भैरहवाबाट बुद्ध एयरलाइन्सको उडानबाट देउवा काठमाडौं फर्किएका हुन् । काम विशेष भएपछि सभापति देउवा कार्यक्रम छाेट्याएर काठमाडौं प्रस्थान गरेकाे बुझिएको छ । सभापति देउवाले बेलुकाकाे टिकट दस बजेकाे उडानमा सारेकाे एक नेताले बताए ।
सभापति देउवाालाई भैरहवा विमानस्थलमा मन्त्रीहरूका साथै नेता कार्यकर्ताहरूले बिदाइ गरेका छन् । सभापति देउवासँगै प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य सीता गुरुङ, प्रमुख सचेतक श्याम घिमिरे लगायतका नेताहरू काठमाडौं फर्किएका छन् ।
Published : Tuesday, 2025 March 4, 10:21 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया