हिमालहरू जोगाउन नीतिगत पैरवी गर्नुपर्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू नाङ्गिएको भन्दै चिन्ता जनाएका छन् ।
सोमबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीमा देउवाले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोमा चिन्ता जनाए । उनले हिमालहरू कसरी जोगाउने भन्नेबारेमा गैरसरकारी संस्थाहरूले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले जलवायु परिवर्तनको समस्या नेपालमा दिनप्रतिदित बढ्दै गएको बताए । उनले भने, ‘क्लाइमेट चेन्जले धेरै समस्या पारेको छ । गैरसकारी संस्थाहरुले यस सम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु ।’
नेपालको सामाजिक विकासमा गैरसकारी संस्थाहरूले खेलेको भूमिका प्रशंसनीय रहेको देउवाले बताए । उनले मानवअधिकार, सुशासन, समावेशिता लगायतका विषयमा गैरसकारी संस्थाहरूले प्रभावकारी काम गर्दै आएको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया