कांग्रेस, एमालेसहितका दलहरूद्वारा अध्यादेश अगाडि बढाउने निर्णय
काठमाडौं । सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकले अध्यादेशहरूलाई अगाडि बढाउने निर्णय गरेका छन् ।
आइतबार सिंहदरबारमा एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकमा अध्यादेशहरू अगाडि बढाउने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए । उनले सांसदहरू काठमाडौं बाहिर रहेकाले अध्यादेश अघि बढाउन थप केही दिन समय चाहिएको बताएका छन् ।
उनले भने, ‘सांसदहरू बाहिर बाहिर जानुभएको छ । यसकारण छोटो समयमा अध्यादेशलाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने गरी लैजान गाह्रो हुन्छ ।’
संसदमा कुन दिन अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने भन्ने समय भने आन्तरिक रुपमा छलफल गरेर टुङ्गो लगाइनेछ ।
कांग्रेस प्रमुख सचेतक घिमिरेले भेन, ‘अध्यादेश अगाडि बढाउन हामीलाई कम्तिमा एक हप्ता दश दिनको समय चाहिन्छ । सांसदहरूलाई जम्मा गर्नुप¥यो । अहिले कुम्भ मेला चलिरहेको छ ।’
‘धेरै सांसदहरू कुम्भ मेलातिर लाग्नुभएको छ । कतिपय सांसदहरू काठमाडौं बाहिर हुनुहुन्छ’, घिमिरेले भने, ‘तिनीहरूलाई जम्मा गर्न, पूर्वसूचना दिन समय चाहिन्छ ।’
प्रतिनिधि सभाको बैठक आइतबार, सोमबार र मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसपछि अर्को बैठक फागुन ११ गते बस्ने संसदीय कयालेन्डर छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘संसदमा टेबुल भएका अधयादेबारे केही छलफल भइरहेका छन् । कुन बैठकमा कार्यसूचीमा समावेश गरेर जान सकिन्छ भनेर पनि छलफल गरेका छौं ।’
बर्तौलाले अध्यादेशबारे विपक्षी दलहरूले अनावश्यक भ्रम सिर्जना गरेको आरोप लगाए । उनले भने, ‘अध्यादेशबारे अपोजिसनले अनावश्यक भ्रम सिर्जना गर्ने काम ग¥यो ।’
भूमिसम्बन्धी अध्यादेश पनि १२ लाख भन्दा बढी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र लितहरूलाई जग्गा वितरण गर्ने मनसायका साथ ल्याइएको उनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया