प्रधानमन्त्री ओली र सभापति देउवाको मुस्कान र खुसीले विपक्षीहरूलाई तनाब
काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकै खुसी र हँसिलो अवस्थामा देखिएका छन् ।
शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा ओली र देउवा हँसिलो अवस्थामा देखिएका हुन् । बैठकमा सहभागी नेताहरूका अनुसार ओली र देउवाले रमाइलो गर्दै ठट्यौली समेत गरेका थिए ।
प्रधानमन्त्री ओलीको निजी सचिवालयद्वारा जारी तस्बिरमा पनि प्रधानमन्त्री ओली र सभापति देउवा हँसिलो अवस्थामा देखिएका छन् । दुबैजना मुसुक्का हाँसेका छन् ।
प्रधानमन्त्री ओलीले सभापति देउवालाई आफूसँगै नजिक कुर्सी राखेर दाहिनेतिर राखेका छन् । ओलीले देउवालाई बालुवाटारमा निकै सम्मान र सत्कार गरेका छन् ।
आलोचना गर्नेहरूले प्रधानमन्त्री ओली र सभापति देउवाको विभिन्न तरिकाले कुरा काट्ने गरेका छन् । तर, शुक्रबारको बालुवाटार बैठकमा ओली र देउवाको तस्बिरले सबैलाई चक्मा दिएको छ ।

सत्ता गठबन्धनमा सभापति देउवाले देखाएको राजनीतिक इमान्दारिता, साथ र समर्थनप्रति प्रधानमन्त्री ओलीले पनि आफ्नो तर्फबाट सत्कारमा कमी हुन नदिएको संकेत तस्बिरले दिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई असफल बनाउन विभिन्न तिकडमहरू गरिरहेका छन् । दाहालको तिकडमले कुनै काम गरेको छैन ।
अध्यादेशहरू अनुमोदन गराउन संसदमा देखिएको कठिनाइलाई प्रधानमन्त्री ओली र सभापति देउवाले एकसाथ सामना गर्ने रणनीतिमा पुगेका छन् । ओली र देउवाले अध्यादेशहरूलाई अनुमोदन गराइछाड्ने छन् । सभापति देउवाको साथ पाउनेवित्तिकै प्रधानमन्त्री ओलीले पनि हिम्मतका अध्यादेशहरू अनुमोदन गराउन रणनैतिक भूमिका खेल्ने सम्भावना छ ।
बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र गृहमन्त्री रमेश लेखक तथा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको उपस्थिति रहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया