सरकारलाई अफ्ठ्यारो पार्ने माओवादी–रास्वपाको योजना फेरि विफल, एमालेका बर्तौलाले अकौता देखाइदिए
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई असहयोग गर्न स–साना विषय र आफैले हस्ताक्षर गरेका निर्णयमा समेत बखेडा गर्न थालेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आफैले गरेको हस्ताक्षरको मसी सुक्न नपाउँदै संसदमा हाँस्यास्पद हर्कत गरेका छन् । संसदको कार्यसूचीलाई लिएर पाण्डेले जग हँसाएका हुन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदको कार्यसूचीका विषयमा छलफल गरेर निर्णय हुने गर्दछ । आफै कार्यव्यवस्थामा बसेर निर्णय गर्ने अनि यो वा त्यो भएन भनेर संसदको बैठकमा उभिएर बबाल गर्ने कार्य पाण्डेले गरेका छन् ।
माओवादीका प्रमुख सचेतक पाण्डेको गतिविधि र हर्कतको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विरोध गरेका छन् । बर्तौलाले नियमापत्ती गर्दै पाण्डेको अभिव्यक्तिलाई संसदको नियमावली विपरित रहेको स्मरण गराएका थिए ।
माओवादीका प्रमुख सचेतक पाण्डेले भ्रष्टाचारसम्बन्धी विधेयक सदनमा पेश गर्नुपर्ने माग गरेका थिए । सम्भावित कार्यसमितिमा भ्रष्टाचार सम्बन्धी विधेयक पेश गर्ने कार्यसूचीमा थियो । नियम, विधि र पद्धतिअनुसार सरकारले सूचीबाट विधेयक हटाउन भनेपछि संसद सचिवालयले हटाइदिएको थियो । संसदको बैठकको कार्यसूची बैठक बस्नुभन्दा १ घण्टा अगाडि मात्रै थाहा हुन्छ । यो कुरा माओवादी र रास्वपालाई राम्रोसँग जानकारी छ ।
त्यसपछि रास्वपाका सांसद गणेश पराजुली उभिएर माओवादीका प्रमुख सचेतक पाण्डेको पक्षमा बोलेका थिए । माओवादी र रास्वपाले संसदमा स–साना विषयमा बखेडा निकाल्ने प्रयास गरिरहेका छन् ।
सरकारले माओवादी र रास्वपाको रणनीति थाहा पाएर उनीहरूलाई चिढ्याउन चाहेको छैन । सरकारले माओवादी र रास्वपाले भनेअनुसार नै सदन चलाइदिएको छ । तर, संसद अबरोध गरेर सरकारलाई निकै अफ्ठ्यारो बनाउने योजना पूरा हुन सकेको छैन ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेका बेला पनि रास्वपा र माओवादीले बखेडा गरेर केही समय बुधबार संसद अबरुद्ध बनाएका छन् । यसले पनि के देखाउँछ भने सदनमा अबरोध गरेर आफ्नो स्वार्थपूरा गर्न माओवादी र रास्वपाका सांसद लागेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया