रामहरिले बोलेपछि रास्वपा र माओवादीको चित्त दुख्यो, त्यसपछि संसद नै अबरुद्ध बनाए
काठमाडौं । सभामुखको कुर्सीबाट उपसभामुख ईन्दिरा रानाले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले संसदको बैठक अबरुद्ध बनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखको चेयरबाट उपसभामुख रानाले खतिवडालाई बोल्न समय दिएकी थिइन् । खतिवडाले बोलेर सक्न नपाउँदै रास्वपाका सांसदहरूले कुन नियमावलीअनुसार बोल्न समय दिएको भनेर प्रश्न उठाएका थिए । त्यसपछि नेकपा (माओवादी केन्द्र)का सांसदहरू पनि विरोधमा आ–आफ्नो सिटमा उठेपछि संसदको बैठक १५ मिनटका लागि स्थगित भएको थियो ।
कांग्रेसका सांसद खतिवडाले बोल्न समय माग गरेका थिए । खतिवडाको नाम सभामुखको सूचीमा थियो । यो कुराको जानकारी सभामुखको चेयरमा बसेकी उपसभामुख रानाले पटक पटक सदनलाई जानकारी गराउँदा पनि रास्वपा र माओवादीका सांसदहरूले अटेर गरेका थिए ।
कांग्रेसका सांसद खतिवडाले अदालत परिसरमा कानून व्यवसायी कुटिएकोलगायतका विषयमा अभिव्यक्ति दिएका थिए । उनले आफ्नो धारणा राखेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियमापत्ती जनाएका थिए ।
कांग्रेसका सांसद खतिवडाले नेपाल प्रहरी, न्यायालय लगायतमा रास्वपाले राजनीति गरेको भन्दै सांकेतिक रुपमा सटार हानेका थिए । खतिवडाको अभिव्यक्तिले रास्वपाका सभापति रवि लामिछानेका सांसदहरूलाई चित्त बुझेको थिएन ।
रास्वपाका सांसद पराजुलीले सत्तापक्षीय सांसदलाई कुन नियममा रहेर आकस्मिक र शून्य समय सकिएपछि बोल्न दिइयो भन्दै प्रश्न गरेका थिए ।
सभामुखको आसनमा रहेकी उपसभामुखले सांसद खतिवडाले आकस्मिक समयमा नै नाम टिपाएको भए पनि छुटेका कारणले बोल्न दिइएको बताइन् ।
नेकपा (माओवादी केन्द्र)लगायतका विपक्षी दलका सांसदले कुन विधि र प्रक्रियाका आधारमा सत्तापक्षीय सांसदलाई पटक पटक बोल्न दिइएको हो भन्दै प्रश्न उठाएपछि उपसभामुख रानाले यसमा के भएको हो अध्ययन गर्न सचिवालयलाई निर्देशन दिइसकिएको बताइन् । विपक्षी दलका सांसदहरूले चित्त बुझाएन् ।
पाण्डेले बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने बताए । विपक्षी दलको लगातारको विरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया