सभापति देउवा शनिबार चखौरा आउँदै, २ दिन दाङमा बस्ने
मसुरिया । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको कार्यक्रममा सहभागी हुन दाङ आउन लागेका छन् ।
शनिबार दंगीशरण गाउँपालिकाको वडा नं. ३ चखौरा बागरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । लुम्बिनी प्रदेश सभा नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको संयोजनमा हुन लागेको थारु सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवा चखौरा आउन लागेका हुन् ।
थारु सम्मेलनलाई पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सम्बोधन गर्नेछन् । शनिबार चखौरामा १२ः३० बजे कार्यक्रम हुनेछ ।
सभापति देउवाले आइतबार घोराहीमा पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नेछन् । नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा आइतबार बिहान ११ बजेर ४५ मिनटमा सभापति देउवाले भेटघाट तथा निर्देशन दिने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । सभापति देउवा दुई दिनसम्म दाङमा रहनेछन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया