सभापति देउवाद्वारा जिल्ला सभापतिहरूको अभिमुखीकरण अभियानकाे उद्घाटन
पाेखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरूकाे संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमकाे उद्घाटन गरेका छन् ।
मंगलबार पाेखरामा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले जिल्ला सभापति र प्रशिक्षण शाखा प्रमुखका लागि आयोजित ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गरेका हुन् । उनले गमलामा रहेको रुखमा पानी हालेर कार्यक्रमकाे उद्घाटन गरेकाे कांग्रेसले जनाएको छ ।
जिल्ला सभापति र प्रशिक्षण शाखा प्रमुखहरूकाे लागि कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले दुई दिनकाे अभिमुखीकरण कार्यक्रम राखेकाे छ । सभापति देउवा दुई दिनदेखि पाेखरामा छन् । कार्यक्रममा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री डा.आरजु राणा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय, प्रवक्ता डा. प्रकाशशरण महत, काेषाध्यक्ष उमेश श्रेष्ठ लगायतको उपस्थिति रहेकाे छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया