सभापति देउवाद्वारा जिल्ला सभापतिहरूको अभिमुखीकरण अभियानकाे उद्घाटन
पाेखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरूकाे संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमकाे उद्घाटन गरेका छन् ।
मंगलबार पाेखरामा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले जिल्ला सभापति र प्रशिक्षण शाखा प्रमुखका लागि आयोजित ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गरेका हुन् । उनले गमलामा रहेको रुखमा पानी हालेर कार्यक्रमकाे उद्घाटन गरेकाे कांग्रेसले जनाएको छ ।
जिल्ला सभापति र प्रशिक्षण शाखा प्रमुखहरूकाे लागि कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले दुई दिनकाे अभिमुखीकरण कार्यक्रम राखेकाे छ । सभापति देउवा दुई दिनदेखि पाेखरामा छन् । कार्यक्रममा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री डा.आरजु राणा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय, प्रवक्ता डा. प्रकाशशरण महत, काेषाध्यक्ष उमेश श्रेष्ठ लगायतको उपस्थिति रहेकाे छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया