सभापति देउवा कास्की कांग्रेसको चियापानमा सहभागी
पोखरा । नेपाली कांग्रेस कास्कीले आयोजना गरेको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा सहभागी भएका छन् ।
मंगलबार बिहान पोखराको चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवा सहभागी भएका हुन् । देउवाले चियापानमा सहभागी नेता कार्यकर्ताहरूका संगठनात्मक सुझावहरू पनि लिएका छन् ।
कास्की कांग्रेसले पोखरामा प्रशिक्षणका लागि आएका सभापति र उपसभापति तथा प्रदेश सभापतिहरूको सम्मानमा चियापान कार्यक्रमको आयोजना गरेको थियो ।




Published : Tuesday, 2025 February 4, 11:44 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया