सहकारी ठगका अभियुक्त रास्वपा सभापति रविद्वारा ग्रहदशा हटाउन बटुक भैरवकाे दर्शन
काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ललितपुरमा रहेकाे बटुक भैरवको मन्दिरमा दर्शन गरेर ग्रहदशा कटाउन खाेजेका छन् ।
आइतबार बिहान पत्नी निकिता पौडेलसहित लामिछाने बटुक भैरवकाे दर्शन गर्न पुगेका हुन् । उनले पत्नी निकिताला लाइनमा अगाडि राखेका छन् ।
आफू पत्नीको पछाडि उभिएका छन् । मुखमा मास्क लगाएर नचिनिने अवस्थामा लामिछाने लाइनमा देखिएका छन् । सहकारी ठगीमा पक्राउ परेर लामाे समय हिरासतमा बसेर धरौटीमा छुटेका लामिछाने ग्रहदशा कटाउन धार्मिकस्थलकाे भ्रमणमा निस्किएका छन् ।
लामिछानेकि पत्नी निकिता निकै धार्मिक छिन् । निकिता काली माताकाे भक्त पनि हुन् । निकिताले कालाे टीका लगाउने गरेकाे तस्बिरहरूमा देखिने गरेकाे छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया