कांग्रेसले जिल्ला सभापति र उपसभापतिहरूलाई प्रशिक्षण दिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला सभापति र उपसभापतिहरूको प्रशिक्षण कार्यक्रम राखेको छ ।
प्रतिष्ठानले पोखरामा दुई दिनसम्म प्रशिक्षण गर्न लागेको हो । नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते पोखरामा कार्यक्रम हुन लागेको प्रतिष्ठानका प्रमुख एवम् कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् ।
प्रशिक्षणको कार्यक्रममा ७७ वटा जिल्लाका सभापति र उपसभापतिहरूलाई सहभागी गराइनेछ । प्रशिक्षणको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूको उपस्थिति रहनेछ ।
कास्की कांग्रेसले प्रशिक्षण कार्यक्रमलाई लक्षित गरेर विभिन्न उपसमितिहरू गठन गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया