सभापति देउवाद्वारा तराई–मधेश समन्वय विभागमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई–मधेश समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिअनुसार देउवाले विभागमा दश जना सदस्यहरू मनोनयन गरेका हुन् ।
विभागकी प्रमुख किरण यादवको सिफारिसमा सभापति देउवाले व्यक्तिहरूलाई मनोनयन गरेका हुन् ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा कृष्णवर्त सिंह (बारा), सहसराम यादव (कपिलवस्तु), प्रमोदकुमार झा (सप्तरी), मोहनलाल कलवार (नवलपुर), श्यामदेव मेहता (सुनसरी) रहेका छन् ।
अरूणकुमार सिंह (सिरहा), रामकृपाल यादव (रौतहट), दिलमाया अधिकारी (काठमाडौं), लालबहादुर राउत राय (कञ्चनपुर) र उमेश चौधरी (सर्लाही) पनि विभागको सदस्यमा मनोनयन भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया