सरकारले तुरुन्त काम गर्नुपर्ने भएकाले अध्यादेश ल्याएको हो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले तुरुन्त काम गर्नुपर्ने भएकाले अध्यादेश ल्याएको बताएका छन् ।
आइतबार बसेको संसदीयको बैठकमा थापाले भने, ‘विधेयकको हाउसबाट ल्याउन खोजेको हो तर, तुरुन्त काम गर्छु भन्दा काम गर्न पाउँछ र अध्यादेश ल्याउन पनि पाउँछ भनेर उहाँले भन्नुभयो ।’
थापाले माओवादी नेतृत्वमा एमाले र रास्वपा सरकार हुँदा अहिलेको अध्यादेश ल्याउने तयारी भएको बताए ।
महामन्त्री थापाले अघिल्ला सरकारहरूले अध्यादेश ल्याउँदा सबैमा कांग्रेसले विरोध नगरेको बताएका छन् ।
कांग्रेसका सांसद समेत रहेका महामन्त्री थापाले सबै दलहरूसँग सरसल्लाह गरेर संविधान संशोधन हुने बताएका छन् ।
उता, भक्तपुरमा आइतबार आयोजित कार्यक्रममा महामन्त्री थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरूभन्दा युवा पुस्ताहरूबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताए ।
महामन्त्री थापाले भने, ‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्रीभन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया