माघे संक्रान्तिले नेपालीहरूका बीच सुमधुर सम्बन्ध कायम गर्न सघाएको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मकर संक्रान्ति अर्थात् माघे संक्रान्तिको अवसरमा शुभ–कामना दिएका छन् ।
मंगलबार शुभकामना सन्देश जारी गरेर सभापति देउवाले मकर संक्रान्ति अर्थात् माघे संक्रान्तिलाई नेपालका विभिन्न जातजातिहरूले विशेष पर्वका रुपमा मनाउँदै आएको बताएका छन् ।
उनले भने, ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यस्ता पर्वले सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेशा अबलम्बन गर्ने नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउनुका साथै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।’
‘मकर संक्रान्ति अर्थात् माघे संक्रान्तिका अवसरमा यस दिनलाई विशेष पर्वका रूपमा मनाउनु हुने थारू समुदाय लगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पार्टी र मेरो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया