संविधान संशोधन भनेर मात्र हुँदैन, विषय पहिचान गर्नुपर्छ : कांग्रेस नेता सिटौला
दमक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन गर्दा व्यक्ति विशेषलाई भन्दा पनि जनताको पक्षमा हुनुपर्ने बताएका छन् ।
बुधबार झापाको कचनकवलमा आयोजित कार्यक्रम नेता सिटौलाले संविधानले स्थापित गरेको मार्गलाई रोकेर कोही पनि अगाडि बढ्न नसक्ने बताए । उनले संविधान संशोधन जनताको पक्षमा हुनुपर्ने बताए ।
कांग्रेस नेता सिटौलाले भने, ‘हाम्रो विचारलाई वाद गरेर, हामीले अङ्गालेको नीतिलाई वाद गरेर संविधानले स्थापित गरेको मार्गलाई वाद गरेर कोही अगाडि जान सक्दैन ।’
‘त्यसैले हामीले भन्ने गरेका छौँ, संविधान संशोधन गरौँ, जनताको पक्षमा’, उनले भने, ‘पार्टी विशेषको पक्षमा होइन, नेता विशेषको पक्षमा होइन ।’
सिटौलाले जनताको पक्षमा काम गर्न धेरै संवैधानिक बाधा रहेकाले संविधान संशोधन हुनुपर्ने बताए ।
नेता सिटौलाले कुन कुन सरकारलाई कहाँ कहाँ काम गर्न समस्या भयो ती समस्या समाधानका लागि संविधान संशोधन हुनुपर्ने बताएका थिए।
उनले भने, ‘संविधान संशोधन भनेर मात्र हुँदैन । विषय पहिचान गर्नुपर्छ ।’ संविधान संशोधन गर्नुपर्ने बुँदाहरू तत्काल छलफलमा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
जनताका तमाम समस्यहरूको समाधान गर्न तत्पर रहन कांग्रेसबाट बनेका प्रदेश तथा संघीय सरकारका मन्त्रीहरूलाई उनले आग्रह गरेका छन् । उनले मन्त्रीहरूको काम त्यति सन्तोषजनक नरहेको आशय व्यक्त गरेका थिए ।
उनले एमालेको नेतृत्वमा सरकार रहे पनि देशको मूल राजनीतिमा कांग्रेस अग्रस्थानमा रहेको बताए । जागरण अभियानका क्रममा गाउँगाउँ गएर जनताका समस्या बुझ्न उनले पार्टीका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरेका छन् ।
संविधान संशोधनका लागि विभिन्न अभिव्यक्ति र टिकाटिप्पणी आइरहेका बेला कांग्रेस नेता सिटौलाले संविधानको मूलमर्मको विषयमा बोलेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया