सीआईबीद्वारा ठूलो गिरोहको कार्यालयमा छापा, ५३ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललितपुरको सातदोबाटोमा सञ्चालित कल सेन्टरमा छापा मारेर ५३ जनाको गिरोहलाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले सोमबार राति प्रोलिङ्क सोलुसन नाम गरेको कल सेन्टरमा छापा मारेर ५३ जनालाई पक्राउ गरेको सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) दीपक थापाले बताए ।
पक्राउ परेकामध्ये केही भारतीय नागरिक छन् । अन्य नेपाली रहेको एआईजीपी थापाले बताए ।
उनीहरूको साथबाट व्यूरोको टोलीले ८५ वटा ल्याप्टप र मोबाइललगायत सामग्री प्रहरीले बरामद गरेको छ ।
उनीहरूको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको एआईजीपी थापाले बताए ।
पक्राउ परेका व्यक्तिहरूले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया