मुख्यमन्त्री लामाद्वारा कांग्रेस नेता शिव हुमागाईंकी आमाप्रति श्रद्धाञ्जलि व्यक्त
पनौती । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
आइतबार काभ्रेको पनौतीस्थित निवासमा पुगेर मुख्यमन्त्री लामाले हुमागाईंकी आमा स्व.देवमाया हुमागाईंप्रति श्रद्धाञ्जलि प्रकट गरेका हुन् । लामाले शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेको निजी सचिवालयले जनाएको छ ।
कांग्रेस केन्द्रीय सदस्य हुमागाईंकी आमा देवमाया हुमागाईंको मंगलबार पनौतीस्थित निवासमा निधन भएको थियो ।
स्व.देवमाया हुमागाईंप्रति कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले पनौतीस्थित निवासमा पुगेर श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
Published : Sunday, 2025 January 5, 8:31 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया