शंकर भण्डारीद्वारा विभिन्न दल परित्याग गरेका युवाहरूलाई कांग्रेसमा स्वागत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले २०/२५ जना युवाहरूलाई पार्टी सदस्यता प्रदान गरेका छन् ।
शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित सम्पर्क कार्यालयमा नेता भण्डारीले युवाहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् । नवप्रदेशीहरूलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन् ।
एमाले, माओवादी लगायतका राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका र भानु नगरपालिका निवासीहरू हुन् ।
नेता भण्डारीले मुलुक हाँक्ने पार्टी कांग्रेस भएको हुँदा सबैले कांग्रेसलाई साथ दिनुपर्ने बताए । उनले कांग्रेसलाई विश्वास गरि सदस्यता लिने व्यक्तिहरूलाई योग्यता र क्षमताका आधारमा उपयुक्त जिम्मेवारी दिने बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया