तयारीमा समय अभाव भएपछि तरुण दलको भेला स्थगित
काठमाडौं । नेपाल तरुण दलको पौष २२ र २३ गते ललितपुरमा गर्ने भनिएको तरुण भेला स्थगित भएको छ ।
तरुण दलको केन्द्रीय कार्यालयका मुख्य सचिव ठानप्रसाद पोखरेलले बुधबार सूचना प्रकाशित गरेर पौष २२ र २३ गते ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने भनिएको तरुण भेला विशेष कारणले स्थगित भएको जनाएका छन् ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले आन्तरिक तयारीमा समय नपुगेका कारण तरुण भेला तत्कालका लागि स्थगित भएको बताए । उनले भने, ‘आन्तरिक तयारी गर्नुपर्ने र अन्य विविध कारणले तरुण भेला तत्कालका लागि स्थगित भएको छ । उपयुक्त समयमा तयारीका साथ हुनेछ ।’ उनले सबै तरुण साथीहरूसंगकाे परामर्शपछि तरुण भेलाबारे निर्णय लिइने बताए ।
तरुण भेलाका लागि केन्द्रीय कार्यालयले केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूलाई अनिर्वाय उपस्थितिका लागि सूचना जारी भइसकेको थियो । तरुण भेलालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम थियो ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया