एमाले महासचिव पोखरेलले खोलिदिए प्रचण्डको फितलो योजना
नेपालगञ्ज । एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटी रहेको बताएका छन् ।
मंगलबार नेपालगञ्जमा आयोजित कार्यक्रममा पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै हिँडेको बताए ।
उनले भने, ‘अझै अब म नै प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिँड्नु भएको छ ।’
यसरी कमजोर पार्टीले बलिया शक्तिमाथि शासन गर्न खोजेकाले नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नु परेको एमालेका महासचिव पोखरेलले बताए ।
माओवादीका अध्यक्ष दाहालले सरकारविरुद्ध जथाभावी अभिव्यक्ति दिँदै आएका छन् । दाहालले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीमाथि निकै तल्लोस्तरको अभिव्यक्ति दिइरहेका छन् ।
ओलीमाथि दाहालको अभिव्यक्ति आइरहेका बेला एमालेका महासचिव पोखरेलले बचाउमा बोलेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया