कांग्रेस प्रतिष्ठानकाे कार्यकारी निर्देशकमा नियुक्ति
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानकाे कार्यकारी निर्देशकमा बुद्धिमान श्रेष्ठलाई नियुक्त गरेका छन् ।
खड्काले गाेरखा घर भएका श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
`नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा गोरखाका डा. बुद्धिमान श्रेष्ठलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नु भएको छ´, विज्ञप्तिमा भनिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया