रविकी पत्नी निकिता पहिलो उपाध्यक्ष रहेको सहकारीका विवादित अध्यक्ष भरत पनि पक्राउ
काठमाडौं । काठमाडौंकाे साई स्वागत सहकारी ठगी प्रकरणमा अध्यक्ष भरतमणि जंगम पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता नवराज अधिकारीले जंगमलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको बताएका छन् । सहकारीको लाखौं रकम अपचलन र ठगी काण्डमा अनुसन्धान गर्न प्रहरीले जंगमलाई पक्राउ गरेको जनाएको छ ।
जंगम अध्यक्ष रहेको याे सहकारीमा रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलसमेत पहिले उपाध्यक्ष थिइन् । लामिछानेविरुद्ध आइतबार सहकारी ठग, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको दिन निकिता पहिलो उपाध्यक्ष रहेको सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।
Published : Sunday, 2024 December 22, 7:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया