लुम्बिनी–कपिलवस्तु विश्व अभियानद्वारा मेलबर्नमा बुद्ध मूर्ति हस्तान्तरण
मेलबर्न । सुनको जलपसहितको बुद्ध मूर्ति अष्ट्रेलियाको मेलबर्नमा रहेको नेपाली मन्दिरलाई लुम्बिनी–कपिलवस्तु विश्व अभियानका तर्फबाट अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले हस्तान्तरण गरेका छन् ।
मेलवर्नमा आयोजित विशेष समारोहमा संयोजक श्रेष्ठले ३७ ईञ्च अग्लो र ५२ किलो तौल भएको बुद्ध मूर्ति हस्तान्तरण गरेका हुन् । मूर्ति नेपाली मन्दिरमा हस्तान्तरण गर्नुअघि पञ्चकन्यासहितका सहभागीहरूले विश्व संयोजक श्रेष्ठको निवास क्षेत्रमा बुद्धसम्बन्धी भजन कीर्तन गरिएको थियो ।
बुद्धसम्बन्धी गीत गाउँदै नेपाली र बुद्धिष्ट झण्डा, बुद्ध नेपालमा जन्मिएको सन्देशसहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो । बाजागाजासहित र्याली पश्चात सहभागीहरू नेपाली मन्दिर पुगेर सुनको जलप लगाइएको बुद्ध मूर्ति हस्तान्तरण गरिएको थियो । ३ जना लामाहरूद्वारा बौद्ध परम्पराअनुसार बिधिपूर्वक पूजापाठ गरिएको छ ।
अष्ट्रेलियन नेप्लिज मल्टिकचरल सेन्टरका अध्यक्ष गान्धी भट्टराई लगायत अन्य पदाधिकारीहरू भीम न्यौपाने, सुधिर शाक्य, अनन्तराज पौडेल, दीपक आचार्यले सहयोगको लागि लुम्बिनी–कपिलवस्तु विश्व अभियानलाई धन्यवाद दिएका छन् ।
संयोजक श्रेष्ठले अरुण स्वामीको सन् २०१७ सालदेखिको अनवरत प्रयासको फलस्वरुप यही हप्ता राष्ट्र संघले आफ्नो वार्षिक क्यालेन्डरमा पार्ने गरी २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गर्नु पनि नेपालीले गौरव गर्नुपर्ने काम भएको बताए ।






बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया