जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाहरूबाट जुवातास खेलिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरेको छ ।

तनहुँको ब्यास नगरपालिका–३ सृजनाटोल बस्ने ५३ वर्षीय रबिन कुमार श्रेष्ठले सञ्चालन गरेको रश्मी नेवारी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा रबिनकुमार समेत ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय ३० रूपियाँ र २ सय ११ पत्ती ताससहित पक्राउ गरेको हो ।

उता, चितवनको भरतपुर महानगरपालिका–७ गौतमचोक बस्ने तेजबहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा तेजबहादुर समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ३ सय ७५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यता, कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैया नयाँ गाउँ बस्ने ३८ वर्षीय बिशाल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा बिशाल समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

उता, दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित एकान्त होटलमा जुवातास खेलिरहेको अवस्थामा सल्यानको कुमाख गाउँपालिका–५ बस्ने २९ वर्षीय प्रजित पुनमगर समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५९ हजार ५ सय ६० रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2026 October 30, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया