राष्ट्रपतिकी छोरीलाई कास्की कांग्रेसका मतदाताले दण्ड दिए, गगनले मनोनीत गर्ने बिकल्प खुला

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् ।

कास्की क्षेत्र नम्बर १ को अधिवेशनमा संज्ञा महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेकी थिइन् । संज्ञाले २८९ मत प्राप्त गरेकी थिइन् ।

खुला महिला ४ जनाका लागि भएको निर्वाचनमा ११ जना उम्मेदवार थिए । खुला महिलातर्फ रेनुका गुरूङ, निसा मल्ल ठकुरी, डाल्डादेवी भुजेल र कोपिला रानाभाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

तथाकथित विशेष महाधिवेशनबाट आएको नेपाली कांग्रेसको नेतृत्वलाई साथ दिएकी संज्ञा र उनका पिता राष्ट्रपति रामचन्द्र पौडेललाई कास्कीका मतदाताले हराएर दण्ड दिएका छन् ।

पिता राष्ट्रपति रामचन्द्र पौडेलको भनसुनमा गगन थापाले मनोनीत गरेर संज्ञालाई महाधिवेशन प्रतिनिधि बनाउने बाटो भने खुला छ ।

Published : Friday, 2026 October 2, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया