कांग्रेसको अधिवेशनमा देउवा पक्षको उत्साहजनक उपस्थिति, ३ हजारभन्दा धेरै वडामा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले देशभर तीन हजार १ सय ९१ वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ ।

शेरबहादुर देउवा पक्षको निर्वाचन समितिका संयोजक एगराज पोखरेलले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर ३ हजारभन्दा धेरै वडाहरूमा अधिवेशन सम्पन्न भएको जनाएका हुन् ।

पोखरेलका अनुसार कोशीमा ५७७, मधेशमा ४०२, बागमतीमा ५६३, गण्डकीमा ३८६, लुम्बिनीमा ५५०, कर्णालीमा २५७ र सुदूरपश्चिममा ४५६ वडामा अधिवेशन सम्पन्न भएका छन् ।

बाँकी रहेका वडाहरूमा यही १८ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बाढी प्रभावित रसुवामा वडा अधिवेशन नभएको र बागलुङमा नेता मणिभद्र शर्मा कँडेलकी श्रीमतीको निधनका कारण शुक्रबारलाई अधिवेशन सरेको विज्ञप्तिमा भनिएको छ ।

देशभरि उत्साहपूर्व वडा अधिवेशनमा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको कांग्रेसले जनाएको छ । वडा अधिवेशनमा बाजागाजा र नाराबाजीहरू समेत भएका छन् । देउवा पक्षले आगामी २१ देखि २३ मंसिरसम्म महाधिवेशन गर्दै छ ।

Published : Thursday, 2026 October 1, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया