विश्व सभात च्याम्पियनशिपमा भाग लिन नेपाली टोली फ्रान्स प्रस्थान
काठमाडौं । फ्रान्स हुन गैरहेको विश्व सभात असट च्याम्पियनशिपमा भाग लिन नेपालबाट दुई सदस्यीय टोली प्रस्थान गरेका छन् ।
विश्वभरका करीब ४५ देशका लगभग ४ सय खेलाडी तथा अफिसियलहरूको सहभागिता रहनेछ ।
बुलंग सुर मेर शहरमा यही सेप्टेम्बर ९ देखि १३ तारिखसम्म प्रतियोगिता हुनेछ । प्रतियोगितामा भाग लिन आइतबार खेलाडी बसिल त्वायना र प्रमुख प्रशिक्षक मास्टर लक्ष्मण बस्नेत काठमाडौंबाट फ्रान्सतर्फ प्रस्थान गरेका हुन् ।
प्रमुख प्रशिक्षक मास्टर बस्नेत नेपाल सभात संघका संस्थापक अध्यक्ष पनि हुन् । उनले कोचको भूमिका निभाउनेछन् । बसिल त्वायनाले सिनियर ८५ केजी तौलतर्फ प्रतिस्पर्धा गर्ने छन् ।
सूर्यविनायक नगरपालिका वडा नं. ९ भक्तपुरका स्थायी बासिन्दा १८ वर्षीय बसिल ६ फिट ४ ईञ्चका का छन् । बसिलले यसअघि सन् २०२५ मा भारतमा आयोजना भएको छैठौँ एशियन सभात प्रटियोगितामा स्वर्ण र उज्बेकिस्तानमा आयोजना भएको विश्व युथ सभात प्रतियोगितामा रजत तथा गत वैशाख १८ देखि २० गतेसम्म काठमाडौंमा सम्पन्न सातौँ एशियन सभात प्रतियोगितामा स्वर्ण पदक जितिसकेका छन् ।
अनुभवी र शारीरिक उचाइँ तथा लीगअन्तर्गत प्रतिस्पर्धा हुने यस विश्व च्याम्पियनशिपमा नेपालले पदक जित्नेमा आफू आशावादी रहेको बस्नेतले बताएका छन् ।
टोलीलाई नेपाल सभात संघका सल्लाहकार तथा पूर्व राज्यमन्त्री डा.बिराजबहादुर बिष्ट, महासचिव तथा खेलकूद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि बेञ्जनकार तथा संघका उपाध्यक्ष दधिराम कँडेल एवं प्रशिक्षकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जितको शुभकामनासहित बिदाइ गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया