रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रवेश
काठमाडौं । चीनको सांघाईस्थित अक्टागन (रिङ)मा न्यूजिल्याण्डका कासिब मर्डोकविरुद्ध ‘बझाङ्गी बाघ’ उपनामले परिचित नेपालका फाइटर रवीन्द्र ढाँटले रोड टू यूएफसी सिजन–५ जीत निकालेका छन् ।
शुक्रबार भएको प्रतिस्पर्धामा जीतसँगै रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् ।
पहिलो जजले ढाँटको पक्षमा २९–२८ अंक दिएका थिए । दोस्रो जजले कासिबको पक्षमा २९–२८ अंक दिए । तेस्रो जजले ढाँटकै पक्षमा २९–२८ अंक दिएपछि ढाँट विजयी भएका हुन् ।
ढाँटले अब ताजिमासँग फाइनलमा खेल्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनल पुगेका छन् । फाइनलमा विजयी भए रवीन्द्र युएफसीका लागि छनोट हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया