जनआस्थाका पत्रकार किशोर श्रेष्ठ पक्राउ, उपसभामुखले अश्लील शब्दबाट खुसी मनाइन्
काठमाडौं । प्रहरीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको छ ।
बुधबार राति नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीले श्रेष्ठलाई ललितपुरस्थित घरनजिकै बागडोलबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका पत्रकार श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ ।
प्रहरीको टोली आएर श्रेष्ठलाई लिएर गएको पारिवारिक सदस्यहरूले बताएका छन् । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मासहितका पत्रकारहरू जिल्ला प्रहरी परिसर, काठमाडौंमा पुगेर पत्रकार श्रेष्ठको अवस्थाका बारेमा जानकारी लिएका छन् । उनीहरूले पत्रकार श्रेष्ठको रिहाइको माग पनि गरेका छन् ।
पत्रकार श्रेष्ठविरूद्ध साइबर अपराधसम्बन्धी केही जाहेरी परेको बताइएको छ । उपसभामुख रुविकुमारी ठाकुरले सामाजिक सञ्जाल फेसबुकमा पत्रकार श्रेष्ठ पक्राउ परेको सूचना दिँदै रागर भनेर निच टिप्पणी गरेकी छिन् । ठाकुरले लेखेकी छिन्, ‘यो श्रीषा कार्कीलाई आत्महत्या गराउने र कयौँ युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो । यसले कयौँ महिला दिदीबहिनीको चरित्रहत्या गरेको छ । यसको जनआस्था पत्रकार आचारसंहिता विपरीत रहेको छ । यो राक्षसलाई के भन्ने ?’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया