सुनसरी घटनापछि जनकपुरमा तनाब, कर्फ्यु आदेश जारी

जनकपुर । सुनसरीमा २४ वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्युपछि भएका प्रदर्शनहरू चर्किएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

स्थानीय प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगराईन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको बताएका छन् ।

स्थानीय हिन्दु युवाहरूले गरेको प्रदर्शन उग्र हुन थालेपछि शान्ति सुरक्षा बनाइराख्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

Published : Thursday, 2026 July 30, 3:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया