सुनसरीमा गोली प्रहरीले चलाएको भए त्यसको आदेश कसले दियो : खुस्बु ओली
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद स्बु ओलीले सुनसरी घटनाका विषयमा राजनीतिक दलहरूले स्पष्ट बोल्न नसकेको भन्दै सबै दलमाथि प्रश्न उठाएकी छिन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा ओलीले सुनसरीको कप्तानगञ्जमा के भएको हो भन्न पनि दलहरू डराइरहेको बताएकी हुन् । उनले कप्तानगञ्जमा हिन्दुधर्म मान्ने बोलबम यात्रामा निस्किएकाहरूमाथि आक्रमण गरिएको बताइन् । उनले ज्यान गुमाएका ओमप्रकाश मेहता बोलबम यात्री भएको विषय पनि कुनै दलले उच्चारण नगरेको भन्दै असन्तुष्टि जनाइन् ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत घटनाका विषयमा स्पष्ट नपारेको उनले बताइन् । राप्रपा प्रमुख सचेतक समेत रहेकी ओलीले सुनसरीको कप्तानगञ्जमा गोली लागेर युवाको ज्यान गएको प्रधानमन्त्री बालेन शाहले स्वीकार गर्दै फेसबुकमा स्टाटस राखेको बताइन् । उनले गोली चलाउन कसले आदेश दियो भन्ने प्रश्न गरेकी छिन् ।
घटनाबारे छानबिन नै नगरी प्रधानमन्त्रीले स्टाटस राखेको पनि उनले बताइन् । ‘यो समयमा के देशले प्रधानमन्त्रीको अभिभावकत्व खोजिरहेको छैन ? यही हो जिम्मेवारी ? योभन्दा डरलाग्दा घटनाहरू आउँदा विगतमा प्रधानमन्त्री र राष्ट्राध्यक्षले सम्बोधन गर्थे तर आज उहाँ कुन खोपीमा बस्नुभएको छ ? प्रधानमन्त्रीले फेसबुकबाट गोली प्रहारबाट ज्यान गएको स्वीकार गर्नुभएको छ । यदि गोली प्रहरीले चलाएको भए त्यसको आदेश कसले दियो ?,’ उनले प्रश्न गरिन् ।
‘प्रहरीको गोलीले मरेको हो कि होइन भनेर छानबिन बिना उहाँले फेसबुकमा कसरी भन्न सक्नुहुन्छ, यही हो परिपक्वता प्रधानमन्त्रीको ? गोली कसले चलायो हामीले जान्न पाउनुपर्छ,’ ओलीले भनिन् ।
उनले रास्वपा सभापतिले बुधबार सिंहदरबारमा सर्वदलीय बैठक राखे पनि त्यहाँ गृहमन्त्री नआएको बताइन् । सुनसरी घटनाबारे गहिरोसँग छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनको भनाइ छ ।
‘मेयरले बिजुली लाइन काटेपछि गोली चलेको भन्छन्, सीडीओले गोली चलाउने आदेश दिएको छैन भन्छन्, नेपाल प्रहरीले हवाई फायर मात्रै गरेको भनेको छ त्यसो भए गोली कसरी चल्यो ?,’ उनले भनिन्, ‘सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्छ ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया