पटेर्वा प्रहरीद्वारा गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ

वीरगञ्ज । ईलाका प्रहरी कार्यालय, पटेर्वा, सुगौलीले लागूऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार पर्साको जगरनाथपुरमा गाउँपालिका–४ को हुलाकी सडकमा चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको कारबाट गाँजासहित भारतीय नागरिक वर्ष ३३ का रहम्द अंसारीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) समुन्नत अधिकारीले बताए ।

चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरको भारतीय नम्बरको कारलाई रोकी चेकचाज गर्ने क्रममा पछाडिको सिटमुनि लुकाई छिपाई राखिएको २० किलो ६८७ ग्राम गाँजा प्रहरीले बरामद गरेको थियो ।

पक्राउ परेका अन्सारी भारतको बिहार राज्य जिल्ला सीतामढी ग्राम पञ्चायत तालका डुम्रा वडा नम्बर ३३ निवासी हुन् ।

Published : Tuesday, 2026 July 21, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया