अख्तियारद्वारा ठाकुरसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोदकुमार ठाकुरसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सोमबार अख्तियारले सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत लिखत तथा सरकारी कागजात सच्याइ भ्रष्टाचार गरेको आरोपमा विदेश अदालत, काठमाडौंमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले ठाकुरसहित वडाध्यक्ष धर्मेन्द्रकुमार झा, वडा सचिव उमेश चौधरीलगायतले आपसी मिलोमतो तथा योजनामा सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।
दुर्गा भगवती गाउँपालिका–३ मत्सरीमा वृद्ध भत्ता, दलित, विधुवा भत्तामा अनियमितता भएको भन्ने उजुरीका सम्बन्धमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो ।
अनुसन्धानको क्रममा सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्दा योग्यता नपुगेका व्यक्तिहरूलाई आव २०७४÷७५ देखि २०८१÷८२ सम्म गैरकानुनी तवरबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको देखिएको आरोपपत्रमा उल्लेख छ ।
सामाजिक सुरक्षा भत्ता प्रणालीमा झुट्टा विवरण दाखिला तथा अद्यावधिक गरी उनीहरूले ३२ लाख २४ हजार १ रुपियाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया