शंकास्पद गतिविधि गर्ने ७० जनालाई काठमाडौं उपत्यकाबाट पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा ७० जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले काठमाडौंबाट ६० जनालाई पक्राउ गरेको छ । ललितपुरबाट ४ र भक्तपुरबाट ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा ६ जना फरार प्रतिवादी पनि छन् ।
Published : Monday, 2026 July 20, 8:30 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया