सरकार दुईतिहाइकै भए पनि कांग्रेस डराउँदैन, गलत कुराको विरोध हुन्छ : नेता पौडेल
जुम्री । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकराज पौडेलले पार्टीभित्र बृहत एकताको आवस्यक्ता रहेको भन्दै कार्यकर्ता र नेताहरु मिलेर फेरि लोकतन्त्रका लागि कांग्रेसलाई बलियो बनाउने समय आएको बताए ।
आइतबार नेपाली कांग्रेस प्यूठान क्षेत्र नं. २ ले आयोजना गरेको अगुवा नेताहरुको भेलालाई सम्बोधन गर्दै पौडेलले कांग्रेस कठिन समय र मोडमा आइपुगेको बताए । कांग्रेसको हितका लागि मिल्नुभन्दा अर्को बिकल्प नरहेको र नेता तथा कार्यकर्ता मिलेर जानुपर्ने बताए ।
नेता पौडेलले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । सरकारले दुईतिहाइकै भए पनि गलत कुराको कांग्रेसले विरोध गर्ने तर, राम्रा कुरामा सहयोग गर्ने बताए ।
नेता पौडेलले भने, ‘दुईतिहाइको सरकार भए पनि गलत कुरालाई गलत भन्न हामी खरो रुपमा उत्रिन पछि पर्ने छैनौँ । जनता, लोकतन्त्र, संविधान, विधि र प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस उभिनेछ । राम्रा कामको पक्षमा सरकारलाई हामीले समर्थन दिने छौँ ।’
राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि वीपी कोइरालाले देखाएको बाटोलाई कांग्रेसले भुल्न नहुने नेता पौडेलले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया