आईजीपी कार्की संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् ।
आइतबार आईजीपी कार्की बैंकक प्रस्थान गरेका हुन् । फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) र रोयल थाई पुलिस थाइल्याण्डले बैंककमा साउन ४ देखि ५ गतेसम्म गर्ने ‘क्षेत्रीय शिखर सम्मेलन अन स्क्याम सेन्टर कम्पाउन्ड र अन्तरदेशीय संगठित अपराध’ सम्बन्धी कार्यक्रममा कार्की सहभागी हुनेछन् ।
सम्मेलनमा संगठित अपराध सम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न क्षेत्रीय रणनीति, संयुक्त कार्य एवम् समन्वय लगायतका एजेण्डामा वृहत्त छलफल हुने कार्यक्रम रहेको छ ।
प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रेस नोटमा उल्लेख छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया