कांग्रेस हाइज्याक भएर कमजोर बनेका बेला देउवा पक्षीय तरुणहरुको विशेष भेला
काठमाडौं । भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेस हाइज्याक भएपछि पार्टी तहस नहस भएका बेला नेपाल तरुण दलका नेताहरुले ‘तरुण विशेष भेला’को आह्वान गरेका छन् ।
शेरबहादुर देउव पक्षीय तरुण नेताहरुले शनिबार काठमाडौंमा तरुणहरुको विशेष भेला आह्वान गरेका छन् । भेला देउवा पक्षीय नेताहरुको सम्पर्क कार्यालय चुनदेवी, काठमाडौंमा दिउँसो २ बजे हुनेछ ।
तरुणहरुको विशेष भेला आह्वान गरिएको नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य दिल लामाले बताए । उनले २४औँ वीपी स्मृति कार्यक्रमलाई भव्य एवम् सफल बनाउनका लागि तरुण विशेष भेला आह्वान गरिएको बताए ।
तरुणहरुको विशेष भेलामा सहभागी हुन नेपाल तरुण दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुलाई आह्वान गरिएको छ ।
Published : Friday, 2026 July 17, 9:16 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया