बालेनको नजर पार्टीभित्र, महामन्त्रीमा सुदीपलाई पठाउने सम्भावना

काठमाडौं । प्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पार्टीभित्र पकड र पहुँच बढाउन आफ्नो भागमा परेको महामन्त्री पदमा सुदीप ढकाललाई अगाडि बढाउने संकेत गरेको छ ।

रास्वपामा मनोनीत महामन्त्री पद बालेन समूहले पाउन लागेको छ । मनोनीत महामन्त्रीमा सुदीपलाई बालेन समूहले अगाडि बढाउन खोजेको स्रोतले जनाएको छ । सुदीप भरतपुरमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट १४३९ मतसहित केन्द्रीय सदस्य बनेका छन् । सुदीप हाल प्रधानमन्त्री शाहको सचिवालयमा प्रशासन प्रमुखका रूपमा कार्यरत छन् ।

बालेन पक्षबाट यसअघि महामन्त्री बनेका भूपदेव शाहलाई सोही पदमा निरन्तरता दिने पक्षमा आफ्नो समूह नरहेको स्रोतले जनाएको छ । भूपदेव प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए ।

Published : Friday, 2026 July 17, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया