एनआरएनए आइसीसीद्वारा प्राध्यापक तथा विज्ञहरूसहित सल्लाहकार समिति गठन
काठमाडौं । गैरआवासीय नेपाली संघको ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले लब्ध प्रतिष्ठित प्राध्यापक तथा विज्ञहरूसहित ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
अमेरिका र क्यानडा (अमेरिका क्षेत्र)बाट सल्लाहकारमा चिरञ्जीवी घिमिरे, डा.द्रोण रसाली, डा.लक्ष्मी पाठक र डा.मनिका प्रधान चयन हुनुका साथै इभान शर्मा र लक्ष्मण अधिकारी आईसीसी सदस्य बनेका छन् ।
संघको सल्लाहकार समितिमा बेलायतबाट प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात मानवशास्त्री प्रोफेसर डेभिड गेल्नर, प्राध्यापन र जनस्वास्थ्य क्षेत्रका विज्ञ प्रा. पदम सिम्खडा तथा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी समेटिएका छन् ।
पूर्व पदाधिकारी तथा अगुवाका रूपमा एनआरएनए बेलायतकी पूर्व अध्यक्ष पुनम गुरुङ र अभियन्ता लक्ष्य गुरुङलाई सल्लाहकार मनोनीत गरिएको छ । आईसीसी सदस्यका रूपमा महिला तथा दोस्रो पुस्ता कोटाबाट कल्पना त्रिपाठी, गौरवराज के.सी. र जागृत पौडेल चयन भएका छन् । चिकित्सा क्षेत्रबाट विज्ञ सदस्यका रूपमा डा. सुनील साह तथा सदस्यहरूमा राजन खकुरेल र रामचन्द्र गुरुङलाई सर्वसम्मत अनुमोदन गरिएको छ ।
अष्ट्रेलिया र न्यूजील्याण्ड (ओशनिया क्षेत्र)बाट सल्लाहकार समितिमा भवानी ओली, विनोद श्रेष्ठ, इन्द्रा वन, होम पाण्डे, सुरेन्द्र सिग्देल, डा. जगदीश तिम्सिना, डा. पुरु श्रेष्ठ र डा. राजु अधिकारी समेटिएका छन् । आईसीसी सदस्यहरूमा दिवा जोशी, करुणा रावत, प्रा.कृष्ण श्रेष्ठ, इञ्जिनियर राजु उपाध्याय, दीपक भुसाल, केशव जोशी र मिक्की सुवेदी चयन भएका छन् । युरोपबाट हरिहर अर्याल र डा. गिरिश कँडेल सल्लाहकार बनेका छन् ।
एसिया प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूबाट पनि प्रभावशाली व्यक्तित्वहरू समेटिएका छन् । रोशन केसी, डा. सरोज कँडेल, सुदन थापा, डा. कमल लामिछाने र डा. राम गिरी सल्लाहकार मनोनीत भएका छन् । थाइल्याण्डबाट प्रा. भारती लिम्बुनी सल्लाहकार र कुमार कार्की आईसीसी सदस्य बनेका छन् । हङकङबाट कृष्ण पाण्डे र अरुणा गुरुङ सल्लाहकार मनोनीत भएका छन् । म्यानमारबाट देवेन्द्र नौलखा र सिंगापुरबाट अर्थविद डा. अंगराज तिमिल्सिना सल्लाहकार बनेका छन् ।
मध्यपूर्व, अफ्रिका र अन्य देशहरूबाट पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ । साउदी अरबबाट यास्मिन बेगम, रूसबाट एकनारायण चापागाईं र उत्सव अमात्य, सेशेल्सबाट आर.पी. पन्त र नेपालबाट वरिष्ठ उद्योगपति राजेन्द्र खेतान र डा. दिनेश पौडेललाई सल्लाहकारमा मनोनयन गरिएको छ ।
आइसीसीले सल्लाहकार तथा मानार्थ सदस्य मनोनयनका लागि यसअघि सल्लाहकार वा मानार्थ सदस्य भइसकेकाहरूलाई सम्मान गर्दै नयाँ व्यक्तिहरूलाई अवसर प्रदान गर्ने निर्णय गरेको थियो । आ–आफ्नो क्षेत्रमा योगदान पुर्याएका विज्ञहरूलाई प्राथमिकता दिने पनि उल्लेख थियो ।
यस बृहत् र समावेशी मनोनयनले गैरआवासीय नेपाली संघलाई आगामी कार्यकालमा अझ बढी गतिशील, मर्यादित र विश्वभरका नेपालीहरूको हितमा काम गर्ने बलियो संस्थाका रूपमा अगाडि बढाउने विश्वास ११५औँ बैठकले व्यक्त गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया