हाइज्याक भएको कांग्रेस तहस नहस बनेका बेला नेविसंघद्वारा अगुवा कार्यकर्ता भेला आह्वान

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वीपी स्मृति कार्यक्रम गर्न लागेको भन्दै कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेको छ ।

नेविसंघ, शंकरदेव क्याम्पसका अध्यक्ष सन्देश खाणले सूचना जारी गरेर अगुवा कार्यकर्ता भेला राखिएको बताएका छन् । साउन ३ गते दिउँसो २ बजे शंकरदेव क्याम्पसमा अगुवा कार्यकर्ता भेला रहेको खाणले बताए ।

वीपी स्मृति कार्यक्रमलाई भव्य एवम् सफल बनाउन नेविसंघका सम्पूर्ण अगुवा एवम् आस्थावान साथीहरूलाई आमन्त्रण गरिएको अध्यक्ष खाणले बताएका छन् । उनले कार्यक्रममा अनिवार्य र सक्रिय उपस्थितिको अपेक्षा राखिएको बताएका छन् ।

भृकुटीमण्डप भेलालाई कथित विशेष महाधिवेशन भनेर गगनकुमार थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेपछि तङ्गभङ्ग भएको कांग्रेस र नेविसंघलाई एकीकृत गराउने उद्देश्यले नेविसंघ, शंकरदेवले वीपी स्मृति दिवसको अवसरमा नेविसंघको अगुवा कार्यकर्ता भेला राखेको छ ।

Published : Wednesday, 2026 July 15, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया